चलचित्र ‘बिहे पास’को लागि कलाकारको खोजि

अभिनेता दयाहाङ राई र प्रकृती श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘बिहे पास’को लागि निर्माण टिमले थप अन्य कलाकारको खोजि कार्य सुरु गरेको छ। प्रवेश पौडेलको निर्देशन रहने चलचित्रको छायांकन चैतको पहिलो साताबाट सुरु हुने बताइएको छ।

प्रस्तुतकर्ता रोहित कट्टेलका अनुसार आरआर फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मका लागि २० देखि ६५ वर्षसम्मका २२ जना पुरुष र ५ नारी कलाकारको आवश्यकता परेकाले अडिसन मार्फत कलाकार छनौट गर्न लागिएको हो।

फिल्मको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले लेखेका हुन्। फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा हुन्।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !