चलचित्र ‘कालिपुरुष’को लागि नायिका वर्षा सिवाकोटी अनुबन्धित

barsha-siwakoti new film

सस्पेन्स थ्रिलर कथामा बन्न लागेको चलचित्र ‘कालिपुरुष’को लागि नायिका वर्षा सिवाकोटी अनुबन्धित भएकी छिन। अहिले ‘कालिपुरुष’चलचित्रको वर्किङ टाइटल मात्र रहेको र पछि परिवर्तन हुन सक्ने निर्माण पक्षले बताएको छ।

राघव आचार्यको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा मानकृष्ण महर्जनको छायांकन र विना कार्कीको निर्माण रहने छ। यस फिल्म मार्फत नव–नायक रमेश बाँनियाले पनि नेपाली सिने नगरीमा प्रवेश गर्दै छन्।

भाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन फागुणको अन्तिम साताबाट सुरु हुनेछ । फिल्मका लागि थप कलाकारहरु खोजि पनि भैरहेको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !