के साच्चै प्रेममा छन् सागर लम्साल (बले) र प्रिज्मा? वास्तविकता यस्तो

हाँस्य कलाकार तथा मोडल सागर लम्साल ‘बले पछिल्लो केही महिनादेखि मोडल प्रिज्मा खतिवडाको प्रेममा छन् । म्यूजिक भिडियो छायांकनका क्रममा सागर र प्रिज्माको भेट भएपछि नजिक भएका उनीहरु अहिले एकअर्काको प्रेममा रमाइरहेका छन् ।

तर, यी दुवैजनाले सार्वजनिक रुपमा एक अर्काको प्रेममा रहेको कुरा बताउन चाहेका छैनन्। केही दिन अगाडि सागरले आफ्नो जन्मदिन मनाउने क्रममा प्रिज्मासँगको प्रेम सम्बन्धकै प्रश्नले घेरिए पनि उनले सोझो भाषामा प्रिज्मासँग प्रेम छ भन्न सकेनन् ।

प्रेमको प्रसंग आउदा मिडियाकर्मिले सोधेको प्रश्नमा ‘घरमा बिहेको कुरा चलिरहेको हुदा बिहेको लागि ढिला हुँदैन होला भनेर सागरले जवाफ दिएका थिए। यस्तै उनले ‘अरुका लागि प्रिज्मा र प्रिन्सी फरक होलान् तर, मेरा लागि एकै हुन् । म उनीहरुलाई अलग राखेर हेर्दिनँ। ‘ भनेर बताएका थिए।

आखिर किन सार्वजनिक रुपमा एक अर्कासंग प्रेममा रहेको कुरा बताउन चाहदैनन् सगर र प्रिज्मा ? अब, सागर र प्रिज्माले सार्वजनिक रुपमै प्रेमलाई कहिले स्विकार गर्ने हुन् ? कि यी सबै हल्ला मात्र हुन् ? यी सबै प्रस्नहरुको जवाफ समय आएपछि था हुने नै छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !