गायिका अन्जु पन्तले सुटुक्क बिहे गर्नुको कारण यस्तो (तस्बिर सहित)

गायिका अन्जु पन्त प्रेमी थिर कोइरालासँग फागुन १२ गते वैवाहिक जीवनमा बाँधिएकी छिन् ।उनीहरुले एक बर्षसम्म प्रेममा रहेर विवाहा गरेका हुन्। केहि समय अगाडी गायिका अञ्जुले मिडियासंगको कुराकानीमा बिहे गर्ने भने पनि मिति तय भै नसकेको बताएकी थिइन्।

गायिका अन्जु र थिरले पाटनको चर्चमा बिहे गरेका हुन। दुवै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् ।

अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । गायिका अन्जुका अनुसार कोरोनाको कारण परिवारको उपस्थितिमा बिहे सम्पन्न गरिएको हो।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । त्यस पछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !