दसैँका लागि पहिलो पटक दार्चुलाबाट यति धेरै च्याङ्ग्रा काठमाडौं ल्याइँदै

काठमाडौं ।

यस वर्षको बडादसैँमा काठमाडौंका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो ।

कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन प्रयास गरिएको जानकारी दिए ।

कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो रु एक हजार एक सय ५० मा खरिद गर्न लागेको जानकारी दिएका छन् । कम्पनीको उक्त प्रयासले बजारमूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ ।

यसैबीच, स्थानीय पालिका जनप्रतिनिनिबाट माग र अनुरोध भएपछि कम्पनीले दार्चुलाको व्याँस गाउँपालिको छाङरु र तिङ्करका लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ ।

कम्पनीले चामल, दाल, पीठो, नून, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट दसैँअघि नै उक्त क्षेत्रमा उपलब्ध गराउने तयारी गरेको छ । ती सामग्री ढुवानीका लागि हेलिकप्टर भाडामा लिन टेन्डर प्रक्रिया अघि बढिसकेको कम्पनीले जानकारी दिएको छ ।

यस्तै, प्रेम गीत ३ ले पहिलो दिन विश्व बजारमा साढे ७ करोड ७५ लाख बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो।

यो फिल्मले भारतमा मात्र १.१२ करोड भारतीय रुपैयाँ (करिब १ करोड ८० लाख) कमाइ गरेको छ। ७५ रुपैयाँमा टिकट बेच्दा यो कमाइ भएको बलिउड हंगामाले जनाएको छ। शुक्रबारमात्र होइन, भारतका मल्टिप्लेक्सहरुमा प्रेम गीत ३ को टिकट शनिबार र आइतबारलाई समेत बिक्री भइसकेको समाचारमा उल्लेख छ।

यो फिल्म भारतमात्रै ५०० स्क्रिनमा रिलिज गरिएको थियो भने भारतबाहेक ७०० स्क्रिनमा रिलिज गरिएको बलिउड हंगामाले जनाएको छ। यो फिल्मले अमेरिकामा २४.३८ लाख, क्यानडामा ३.१५ लाख, बेलायतमा १.३८ लाख, अष्ट्रेलियामा ३०.२७ लाख कमाइ गरेको थियो।

यी सबै भारतीय रुपैयाँमा हुन्। नेपाली फिल्म पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको हो। फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको छ।

फिल्मलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्। यता ‘प्रेमगीत ३’ले नेपाली बक्सअफिसमा आक्रामक ओपनिङ गरेको छ । फिल्मले शुक्रबार दुई करोड रुपैयाँ ग्रस हारहारीमा कमाइ गरेको छ ।काठमाडौं उपत्यकाका हलमा मात्र फिल्मले एक करोड ग्रसभन्दा बढी कमाइ गरेको विवरण उल्लेख छ ।

प्रेमगीत ३’को ओपनिङ ‘कबड्डी ४’पछिको दोस्रो उच्च ओपनिङ हो । ‘कबड्डी ४’ले पहिलो दिन २ करोड ९० लाख ग्रस ओपनिङ गरेको थियो ।प्रेमगीत ३’को ओपनिङ अहिलेसम्मकै दोस्रो सर्वाधिक उच्च ओपनिङ भएको वितरकहरुले जनाएका छन् । त्यस्तै भारतमा प्रेम गीत–३ को हिन्दी संस्करणले भारतमा पहिदशुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ ।

फिलमले भारतमा दर्शकबाट मिश्रित प्रतिकृया पाइरहेको छ ।सीमित शोका बाबजुद प्रेम गीत(३ ले राम्रो व्यापार गर्न सफल भएको बताइएको छ । ट्रेड एनालिस्ट तरन आदर्शले पहिलो दिन प्रेम गीतले ९२ लाख भारतीय रुपैयाँ कमाएको जानकारी दिएका हुन् ।

फिल्ममा प्रदिप खड्का खड्का कृष्टिा गुरुगंका को मुख्य भुमिका रहेको छ भने । फिल्मका निर्माता सन्तोस सेन रहेका छन् । फिल्मलाई स्वर्गिय छेतेन गुरुगले निर्देशन गरेका हुन् । फिल्म नेपाली र हिन्दी दुबै भायामा आज बाट प्रदर्शनमा आएकोे हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार