परदेशीको मन रुवाउने शिशिरको ‘फोटो फिरिममा’ दशैँ तिहार भर्जन (हेर्नुहोस भिडियो)

काठमाडौँ

कलाकार शिशिर अधिकारीले ‘फोटो फिरिममा’को दशै तिहार भर्जन गीतको भिडियो सार्वजनिक गरेका छन्। घटस्थापनाको अवसर पारेर उनले आफ्नै युटुब च्यानल ‘नयाँ नयाँ न्युज नेपाल’ मार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन्।

हुन् त उनले ‘फोटो फिरिममा’ को भाग १ र २ नै सार्वजनिक गरिसकेका छन् । उक्त गीत दर्शकहरुले अत्याधिक मन पराएको गीतमा पनि पर्छन। यहि चलेको गीतको बोललाइ उनले दशैँ तिहार भर्जनको रुपमा भिडियो ल्याएका हुन्।

‘फोटो फिरिममा’ को अघिल्ला भर्जनमा भने प्रताप दास, रचना रिमाल लगायतको स्वर रहेको थियो। यस दशैं तिहार भर्जनको ‘फोटो फिरिममा’ भने शिशिर आफैले आवाज दिएका छन्। गीतको शब्द संगीत पनि शिशिर स्वयं कै रहेको छ।

गीतको अरेन्ज पुस्कर सुनुवारले गरेका हुन् भने गीतको र्रेकर्डिङ्ग मेलोडी स्टुडियोमा गरिएको हो। गीतको शब्दले दर्शकहरुको मनमा छुन्छ।

गीतको भिडियो धेरै नै मार्मिक बनाइएको छ। विदेशमा हुदा चाड पर्वमा आफ्नो गाउ घरको यादले सताएको कथालाई गीतमा देखाउन खोजिएको छ। समग्रमा भन्नु पर्दा परदेशीको पिडालाइ गीतको भिडियोमा देखाउन खोजिएको छ।

गीतको भिडियोमा कलाकार शिशिर भण्डारी, आभा थापा, दिपेन्द्र सोनाम, अनिशा अधिकारी, शर्मिला गौतम, अमर बुढाथोकी र अमर गौतमको अभिनय रहेको छ। सन्तोष राजबाहकको निर्देशन रहेको गीतको भिडियोमा रबिन बजगाईंको क्यामेरा, प्रकाश एस के को कलर र शिशिर स्वयंकै कन्सेप्ट रहेको छ।

हुन त कलाकार शिशिर भण्डारी मान्छे एक कला अनेक भएका व्यक्ति हुन्। उनले धेरै फिल्ममा अभिनय पनि गरिसकेका छ्न। उनले आफै गीत लेख्ने, आफै संगीत भर्ने आफै गाउने र आफै भिडियोमा अभिनय गर्ने साथै भिडियो निर्देशन पनि गर्ने गरेका छन्।

शिशिर भण्डारी एक मिडियाकर्मी पनि हुन्। बहुप्रतिभाका धनि शिशिर भण्डारी केहि समय अगाडी देखि भने दर्शकहरुमाझ विभिन्न फ्लेभरका गीत लिएर आउने गरेका छन्।

शिशिर भण्डारीलाई हाम्रो तर्फबाट पनि धेरै धेरै बधाई र शुभकामना छ। उनको ‘फोटो फिरिममा’ दशैं तिहार भर्जनको गीतको भिडियो हेर्नुहोस।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार