नायक पल शाह विरुद्ध उजुरी, दुर्व्यवहार र कुटपिट गरेको आरोप

चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले नायक तथा मोडल पल शाह विरुद्ध प्रहरीमा उजुरी दिएका छन्। उनले आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै पल विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार प्रधानमको निवेदन परेपछि साहलाई गत शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको थियो। प्रधानमको निवेदन परेपछि शाहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको थियो।

नायक पल शाह म्युजिक भिडियो सुटिङका लागि धरान गएका हुन्। पल स्वयंले उनलाई हात नहालेको तर उनको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ । म्युजिक भिडियो भने बिहिबार नै छायांकन गरिसकेको थियो।

भिडियोको लागि लोकेसन हेर्ने काम देखि अन्य सहयोग सबै अध्यक्ष अरुण प्रधान स्वयंले नै गरेका थिए। के कारणले गर्दा यस्तो लफडा भयो भनेर आधिकारिक जानकारी भने आएको छैन।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !