‘गजनी’का भिलेनसँग प्रशान्त ताम्राकार के गर्दै छन् ?

नेपाली हेन्डसम भिलेनको रुपमा दर्शकमा लोकप्रिय भएका मोडल तथा कलाकार प्रशान्त ताम्राकार ‘गजनी’ फिल्मका भिलेन प्रदीप रावतसंग एक साथ् देखिएका छन्। उनि यतिबेला भोजपुरी चलचित्र ‘माही’ को छायांकनमा ब्यस्त छन्।

फिल्ममा प्रशान्त, र प्रदीप बाहेक भोजपुरी स्टार आनन्द ओझा नायकको रुपमा र उनको अपोजिटमा नेपाली अभिनेत्री नीता ढुंगाना छिन्। साथै नरेन खड्काले पनि यस फिल्ममा ठाउ पाएका छन्।

फिल्ममा प्रशान्त ताम्राकारको भिलेनको भूमिका रहेको छ। उनि भिलेन प्रदीप रावतसंग सुरु देखि अन्तिम सम्म नै देखिने छन्। उनलाई निर्माण टिमले मोटो रकम दिएको बुझिएको छ।

चलचित्र ‘माही’ को भारतको आगरामा १५ दिन देखि धमाधम छायांकन भैरहेको छ। यस चलचित्रलाई फिल्म ‘कृ’ का एक्सन कोरियोग्राफर चन्द्र पन्तले निर्देशन गरिरहेका छन्। उनि केहि समय यता भोजपुरी फिल्म निर्देशनमा निकै चलेका निर्देशकको रुपमा चिनिन थालेका छन्।

निरहुवा’ स्टारर सुपरहिट फिल्म ‘निरहुवा चलल लण्डन’ पनि उनले नै निर्देशन गरेका हुन्। यहि फिल्म पश्चात उनको डिमाण्ड पनि बढेको हो।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !