नायक पल शाह र अध्यक्ष अरुण प्रधान विचको विवाद टुङ्गियो

नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधान विचको विवाद सहमतीमा टुंगिएको छ । आज इलाका प्रहरी कार्यलय धरानमा भएको छलफलमा दुबै पक्षबाट भएका कमजोरी स्विकार गर्दै माफी मागेपछि विवाद सकिएको हो ।

विवाद मिलेपछि पल र अरुणले हात मिलाएर प्रहरी कार्यलयबाट हाँस्दै बाहिरिएका थिए ।

चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले नायक तथा मोडल पल शाह विरुद्ध आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै पल विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए ।

नायक पल शाहले मेलमिलाप हुनु अगाडी अरुण प्रधानले खान खाने क्रममा आफुहरुलाइ दुर्व्यवहार गरेको भन्दै मिडियासंगको कुराकानीमा बताएका थिए। नायक पल शाह म्युजिक भिडियो सुटिङका लागि धरान गएका हुन्।

यो पनि पढ्नुहोस :

नायक पल शाह विरुद्ध उजुरी, दुर्व्यवहार र कुटपिट गरेको आरोप

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !