‘कबड्डी ४’ निर्माण घोषणा, को-को छन् कलाकार?

चलचित्र ‘कबड्डी’ को चौथौ सिक्वेल निर्माण हुने भएको छ । गत वर्ष प्रदर्शनमा आएको ‘कबड्डी कबड्डी कबड्डी’ को सफलतापछि निर्माण टिम चौथो पार्टको तयारीमा जुटेको हो । शुक्रवार निर्देशक तथा निर्माता रामबाबु गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै ‘कबड्डी ४’ को औपचारिक निर्माण घोषणा गरेका हुन् ।

निर्देशक गुरुङका अनुसार, अब ‘कबड्डी’ को अन्तिम सिरिज हो। फिल्मको पोस्टरमा पनि उप शिर्षक ‘द फाइनल म्याच’ राखिएको छ ।

‘कबड्डी’ को पहिलो पार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रो पार्टमा निश्चलको ठाउँमा सौगात मल्लको प्रवेश भयो । तेस्रो पार्टमा भने विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिए ।

अब ‘कबड्डी ४’ मा दयाहाङ, सौगात र निश्चल एकसाथ देखिनेछन् । बैशाखबाट छायांकनमा जाने फिल्म २०७८ को दशैं छेकोमा प्रदर्शन हुनेछ । अन्य कलाकारहरुको भने टुंगो लागि सकेको छैन।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !