सिन्धु मल्ल र सन्तु थापाको आवाजमा रहेको ‘सुपारी काँचो’गीत सार्वजनिक (भिडियो)

गायिका सिन्धु मल्लको जन्मदिन पारेर ‘सुपारी काँचो’ बोलको ‘कौरा गीत’ गरिएको छ । गायिका सिन्धु मल्ल र गायक सन्तु थापाको आवाजमा रहेको गीतलाई गायक सन्तु थापाको अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको हो।

सुरेश राना मगरको शब्द तथा संगीत रहेको गीतमा स्मृती शाही, पुष्प बोहोरा, राजु तोलांगे गुरुङ, राजेन्द्र घर्ती मगरको पनि स्वर सुन्न सकिन्छ भने, गीतलाई कमल सौरङले एरेन्ज गरेका छन्।

दीप गुरुङको निर्देशन तथा कोरियोग्राफीमा रहेको गीतको म्युजिक भिडियोमा लक्ष्मी गुरुङ, वविता गुरुङ, सुमिता गुरुङ, विमल गुरुङ, आर्यन मगर, रोशन मगर लगायतको अभिनय रहेको छ ।

यो गीत विशेष गरेर मगर गुरुङ र दुरा जातीमा प्रचलित लोक भाका हो ।

भिडियो हेर्नुहोस:

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !