नाटक ‘अर्को अर्थ नलागेमा’ आज फागुन १८ देखि मञ्चन सुरु

सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा नाटक ‘अर्को अर्थ नलागेमा’ आज फागुन १८ देखि मञ्चन सुरु हुदैछ । नाटक चैत ७ गतेसम्म मण्डला थिएटरमा हरेक दिन साँझ ५ः३० बजे मञ्चन हुँदैछ भने शनिवारको दिन थप प्रदर्शन दिउसो १ बजे पनि हुनेछ।

हरेक शनिबार कान्तिपुर पत्रिकामा छापिदै आएका लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्को अर्थ नलागेमा’का स्तम्भमध्ये ११ वटा स्तम्भहरुलाई जोडेर नाटकमा रुपान्तरण गरिएको हो।

उक्त स्तम्भमा पछिल्लो समयको राजनीतिक घटनाक्रमलाई व्यंग्यात्मक शैलीलले टिप्पणी गरिएको छ।

यस नाटकको सम्पूर्ण तयारी सकिएको छ। ‘ज्ञ’ थिएटरका विद्यार्थीहरुको अभिनय रहेने यस नाटकलाई ‘ज्ञ’ कै १० जना विद्यार्थीहरुले निर्देशन गरेका हुन्। नाटकलाई लिएर ‘ज्ञ’ थिएटरका विद्यार्थीहरु निकै उत्साहित भएका छन्।

देशमा घटिरहेको पछिल्लो घटनालाई नाटक ‘अर्को अर्थ नलागेमा’ ले गतिलाई झटारो हानेको छ। नाटकको टिकट बुकिङ्ग पनि खुल्ला गरिएको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया दिनुहोस !