विश्वभर प्रेम गीत ३ले एक हप्तामा कति कमायो ? (भिडियो सहित)

काठमाडौं

भिडियोमा हेर्नुहोस प्रेम गीत ३ को एक हप्ताको कमाइ 

अभिनेता प्रदीप खड्का अभिनित फिल्म प्रेम गीत ३ अहिले नेपाल र भारतका हलहरुमा प्रदर्शनमा आइरहेको छ ।पहिलो दिनमा नै राम्रो कमाई गर्न सफल यस फिल्म प्रदर्शनमा आएको एक साता पुगेको छ ।

देशभरका डेढ सय पर्दाबाट प्रदर्शनमा आएको यस फिल्मले पहिलो दिन दुई करोड ५० हजार कमाई गरेको थियो । तर एक सातासम्म आइपुग्दा यस फिल्मले नेपालभर ७ करोड ९६ लाख कमाई गरेको जनाइएको छ ।

यस फिल्मले शनिबार २ करोड २२ लाख, आइतबार साढे ९५ लाख, सोमबार १ करोड १५ लाख, मंगलबार ६५ लाख, बुधबार ६१ लाख र बिहीवार ५३ लाख कमाइ गरेको छ ।

यस्तै यस फिल्मले भारतमा शुरुवाती दिनमा राम्रो कमाइ गरेपछि पवछिल्लो दिनमा कमाई घट्दै गइरहेको छ । भारतमा फिल्मले एक सातामा ३ करोड ४४ लाख भारु कमाइ गरेको बताइएको छ । हालसम्म यस फिल्मले विश्वब्यापी १९.२९ करोड भारु कमाइ गर्न सफल भएको छ ।

फिल्ममा प्रदिप खड्कासँगै क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ । साङ्गीतिक प्रेम कथामा निर्माण भएको “प्रेम गीत ३” “प्रेम गीत” चलचित्रको निरन्तर सिरिज हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार