उर्जा ब्याण्डको जनचेतना मुलक भिडियो ‘माया नै हो’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ

धेरै अगाडी देखि गीत संगीत क्षेत्रमा एउटा आफ्नै स्थान बनाउन सफल भएको ब्याण्ड ‘उर्जा ब्याण्ड’ ले माया नै हो बोलको गीतको भिडियो सार्वजनिक गरेको छ।

उक्त गीतको भिडियो ‘मजाको भिडियो’ नामक युटुब च्यानल बाट सार्वजनिक गरिएको छ। भिडियोमा लागु औषधले निम्त्याउने दुर्घटनालाई देखाउन खोजिएको छ।

‘लागु औषध त्यागौ माया बाडौ’ भनेर गीतले दर्शकहरुलाई संदेश दिन खोजेको छ। गीतको भिडियोमा इक्षा मादेन, अल्भिन श्रेष्ठ, सुमित श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ।

मजाको राइले निर्देशन गरेको भिडियोलाई किवा ह्याङ्ग राई र आर्शु श्रेष्ठले खिचेका हुन्। गीतको भिडियो धरानमा नै खिचिएको हो।

माया नै हो गीतको शब्द प्रशान्त शर्मा र सुदिप याल्मोले लेखेका हुन्। गीतको भिडियो हेर्नुहोला र तपाइलाई कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनुहोला।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार