पल शाह र उषा उप्रेतीको ‘यस्तो माया’ सार्बजनिक (भिडियो)

‘यस्तो माया’ गीतको भिडियो य़ुटुब मार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा नायक पल शाह र मोडल उषा उप्रेतीको अभिनय रहेको छ। विधान कार्कीले निर्देशन गरेको भिडियोमा यूवा–यूवतीविचको प्रेम, बिहे, सन्तानको चाहना र विदेशीनुको कथालाई उठान गरेका गरिएको छ। भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन्।

गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वर रहेको गीतमा निशा शर्मा अर्यालको शब्द, दिपक शर्माको संगीत रहेको छ। गीतको भिडियो निकै राम्रो बनेको छ। यसतै पल र वेनिशाको जोडी पनि सुहाएको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !