नायक पल शाह र नायिका मालिका महत्तको जोडी अब चलचित्रमा

नायक पल शाह र नायक मालिका महत्तको जोडीलाई अब चलचित्रमा देख्न पाइने भएको छ। यी दुईले अभिनय गरेका ‘फुलबुट्टे सारी र टाढा भएपनि’ बोलको गीतलाई दर्शकहरुले निकै मन पराए। ‘फुलबुट्टे सारी र टाढा भएपनि’ बोलको गीतको भिडियो निर्माण गरेको केन्द्र मोसन पिक्चर्सले नै चलचित्रको तयारी गरिरहेको छ।

अहिले पोखरामा रहेर कलाकार माओत्से गुरुङ र उनको टिमले चलचित्रको कथा लेखिरहेको छ । बिशेष श्रोतका अनुसार यस फिल्ममा पल र मालिकासंग मौखिक कुराकानी गरेर मात्र फिल्मको कथामा कम गर्न थलिएको हो। नायक पल शाहलाई फिल्मको कथा मन परेको खण्डमा मात्र फिल्ममा काम गर्ने बुझिएको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !