सुरज तमुले निर्देशन गरेको भिडियो ‘सानी भनेर’ सार्वजनिक

विश्व नेपाली र गुञ्जन उपाध्यायको स्वरमा समावेश ‘सानी भनेर’ गीतको भिडियो य़ुटुब मार्फत सार्वजनिक गरिएको छ । टुंगा नेपालको शब्द तथा संगीत रहेको गीतमा मिक्सिंग फिरोज बज्राचार्य र एरेन्ज देवेन्द्र नेवाले गरेका हुन्।

सुरज तमुले निर्देशन गरेको भिडियोमा प्रयाश बान्तवा राई र लोसिना लामिछानेको अभिनय देख्न सकिन्छ। भिडियोमा भुपेन्द्र तुम्बाहान्ग्फेको छायांकन र अनिल रानाको सम्पादन रहेको छ ।भिडियोमा नबिन बाबु गुरुङ्गले ड्रोन उडाएका हुन्।

टुंगा नेपालको प्रस्तुति रहेको भिडियो धेरै राम्रो बनेको छ। सुरज तमुको निर्देशन पनि तारिफ योग्य छ। यस्तै भिडियोमा प्रयाश र लोसिनाको जोडी गज्जबले सुहाएको छ । सार्वजनिक गीतको भिडियोमा प्रेमी–प्रेमिकाविचको अथाहा प्रेमलाई देख्न सकिन्छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !