नायक पुष्प खड्कालाई कसको डियर बन्न मन छ ? (भिडियो)

चलचित्र ‘कृष्ण लीला’को दोश्रो गीत ‘डियर बन्न मन छ’ सार्बजनिक गरिएको छ। निशान भट्टराई र समिक्षा अधिकारीको स्वर रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत, नारायण प्रसाद बास्कोटाको शब्द रहेको छ।

चलचित्रका मुख्य नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको भिडियोमा चलचित्रका अन्य कलाकारहरु वुद्दि तामाङ, रविन्द्र झा, भावना गुरुङलाई पनि देख्न सकिन्छ।

यो पनि पढ्नुहोस : नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्री रोमान्टिक मुडमा (भिडियो)

दीपक ओलीको निर्देशन रहेको चलचित्र ‘कृष्ण लीला’ मा पुष्प र श्रद्धासंगै बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। चलचित्र आउदो चैत २७ गते देशभर पर्दर्शन हुदैछ।

म निदाउँदा तिम्रो हात’ बोलको गीतका कारण फिल्मको चर्चा सुखद देखिएको छ भने सार्बजनिक भएको दोश्रो गीतले पनि दर्शकको माया पाउने निर्माण पक्षको अपेक्षा रहेको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !