फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा, सस्पेन्स थ्रिलर र नारी एक्सनले भरिपूर्ण रहने

चलचित्र ‘आँधी तुफान २’ को अफिसियल निर्माण घोषणा गरिएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै दशक अगाडि निर्माण भएको फिल्म ‘आधी तुफान’को सिक्वेलको रुपमा चलचित्र ‘आँधी तुफान २’ को निर्माण घोषणा गरिएको हो।

सस्पेन्स थ्रिलर र नारी एक्सन रहने फिल्मलाई मदन घिमिरेले निर्देशन गर्दै छन्। फिल्मका निर्माता मौनता श्रेष्ठ हुन्। चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, र कमल राईको नृत्य निर्देशन रहनेछ ।

चैतको पहिलो साता बाट फ्लोरमा जाने चलचित्रमा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुर्व कोईराल, कनिज कोईराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय देख्न सकिने छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !