‘ए मेरो हजुर ४’ को फस्टलुक सार्वजनिक,रोमान्टिक मुडमा अनमोल र सुहाना

चलचित्र ‘ए मेरो हजुर ४ को फस्टलुक सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति पनि तय गरेको छ। नायक अनमोल केसी, नायिका सुहाना थापा र नायक सलोन बस्नेतको मुख्य अभिनय रहने फिल्मलाई आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज गरिने निर्माण पक्षको तयारि छ। सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

सार्वजनिक फस्टलुकमा नायक अनमोल केसी र नायिका सुहाना थापा रोमान्टिक मुडमा देखिएका छन् । १० प्रतिशत छायांकन बाकी रहेको फिल्मको छायांकन फागुणको २७ गतेबाट सुरु गर्ने तयारि रहेको छ।

चलचित्रमा झरना थापा र छेतेन गुरुङको कथा,छेतेन गुरुङ कै पटकथा तथा संवाद बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन रहेको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !