सकियो चलचित्र ‘दि सेक्रेट्स अफ राधा’को छायांकन

चलचित्र ‘दि सेक्रेट्स अफ राधा’को निर्माण युनिटले दिएको जानकारी अनुसार फिल्मको छायांकन २५ दिनमा सकिएको छ। सुवर्ण थापाको निर्देशन रहेको चलचित्रमा सुवर्ण र नायक सौगात मल्लको लगानी रहेको छ।

सौगातको आदियोगी भिजन र सुवर्णको ब्यानरको संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, श्रृष्टी श्रेष्ठ, मेनुका प्रधान मुख्य भूमिकामा छन् भने नायक दयाहाङ राई र निर्देशक निश्चल बस्नेत पनि अतिथी भूमिकामा देखिदैछन् ।

पालुङ र काठमाण्डौमा छायांकन गरिएको चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !