चलचित्र ‘तिमीसँगै हुने मन छ’मा नायक नाजिर हुसेन अनुबन्धित

चलचित्र ‘तिमीसँगै हुने मन छ’मा नायक नाजिर हुसेन अनुबन्धित भएका छन्। यस चलचित्रलाई निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्दै छन्। यस चलचित्रमा मुम्बइका रोहित सुचान्ती र नायिका दीपिका प्रसाइले काम गर्ने फाइनल भैसकेको छ।

यो पनि पढ्नुहोस: चलचित्र ‘तिमीसँगै हुने मन छ’मा दीपिका संग मुम्बइका रोहितले रोमान्स गर्दै

लकडाउनपछि म्यूजिक भिडियोमा व्यस्त रहेका नायक नाजिर हुसेनले केही महिना अगाडि चलचित्र ‘चिलगाडी’ साइन गरेका थिए । चलचित्र ‘तिमीसँगै हुने मन छ’ को निर्माण टिमले केहि दिन अघि नायक हुसेनलाई अनुबन्धित गरेको हो।

यस चलचित्रमा नायक पल शाह र निराजन श्रेष्ठले काम गर्ने चर्चा चले पनि यी दुवै नायकले काम नगर्ने पक्का भैसेको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !