नेपाली फिल्म निर्माताले पारिश्रमिक दिन अत्ति गर्छन : भूवन चन्द

महिला दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली चलचित्र क्षेत्रकी पहिलो नायिका भूवन चन्दले आफूहरुलाई फिल्म निर्माताले पारिश्रमिक स्वरुप ४०–५० हजार दिन पनि गाह्रो मान्ने गरेको गुनासो ब्यक्त गरेकी छिन।

फिल्मका नायकको पारिश्रमिक ५० लाख नायिकाको पारिश्रमिक २० लाख हुदा आफुहरुले भने निकै कम पाउने र आफ्नो पारिश्रमिक भन्न पनि लाज लाग्ने बताईन। उनले भनिन्–‘चलचित्रमा नायक–नायिकाले पाउने भन्दा आमाबुबाले पाउने पारिश्रमिक कम हुनु स्वभाविक नै हो । तर, नेपाली निर्माताले भने अती नै गर्छन् ।’

चलचित्र ‘आमा’बाट अभिनय यात्रा सुरु गरेकी भूवनले केहि समय अघि चलचित्र ‘साइनो’ निर्माण गरेकी थिइन् तर उक्त चलचित्र व्यबसाहिक हिसाबले असफल रहयो। ५ दशक भन्दा लामो समयदेखि यस छेत्रमा सक्रिय रहेकी भूवनले चलचित्र निर्माण गरिसकेपछि यस छेत्रको राजनीति मजाले बुझेको बताईन।

अभिनेत्री चन्दका अनुसार फिल्म ‘साइनो’ बाट उनलाई १ करोड घाटा भएको हो। उनले निर्माण गरेको पहिलो चलचित्र ‘साइनो’ व्यबसाहिक हिसाबले असफल रहे पनि उनि फेरी अर्को चलचित्र निर्माण गर्ने तयारीमा छिन।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !