चलचित्र ‘सरी मम’ का लागि अडिसन आह्वान

चलचित्र ‘सरी मम’ का लागि अडिसन आह्वान गरिएको छ । विनोद लामाको प्रस्तुती रहने चलचित्रको लागि चार जना मुख्य कलाकारको खोजि कार्य भैरहेको छ। चैत १ गते नेपाल फिल्म एकेडेमी महाराजगञ्जमा अडिसन हुनेछ भने निर्माता लामाले १७ देखि २० वर्ष उमेर समुहका तीन जना महिला र सोही उमेर समुहका एक जना पुरुष कलाकारका लागि अडिसन लिन लागिएको जानकारी दिए ।

निर्माता लामाले यसअघि शैक्षिक फिल्म ‘कखरा’ निर्माण गरेका थिए । एनएफआई क्रियसनको ब्यानरमा निर्माण हुने फिल्मको आउँदो बैशाखबाट छायांकन सुरु गरिने बताईएको छ। अडिसनमा सहभागी हुन चाहनेले कम्पनीको इमेल nficreation.9@gmail.com मा आफ्नो शो रिल पठाउन सक्ने छन्।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !