नायक प्रदीप खड्काको आज जन्मदिन, कति बर्ष लागे ?

ललितपुरको कुसुन्तीमा सन् १९९२ (२०४८) मार्च १० मा आमा सारदा खड्का र बुवा टेक बहादुर खड्काको कोखबाट जन्मिएका नायक प्रदीप खड्का आज बुधवारबाट २९ वर्ष लागेका छन्। सिक्किम मनिपाल युनिभर्सिटिबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट सन् २०१७ मा मार्केटिङमा मास्टर्स गरेका नायक प्रदीप नेपाली चलचित्र क्षेत्रमा पढेलेखेका कलाकारमध्ये एक मानिन्छन् ।

नायक प्रदीपले अभिनय र निर्माण गरेको पहिलो फिल्म ‘स्केप’ र निर्माता रहेको फिल्म ‘ठूलो मान्छे’ को असफलता पछी निराश भएर अष्ट्रेलिया जाने तरखरमा रहेका बेला निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनको नजर फिल्म ‘प्रेमगीत’ को लिड हिरोको लागि प्रदीप माथि पर्यो। घर परिवारसंग अन्तिम मौका मागेर फिल्म ‘प्रेमगीत’ मा काम गरेका प्रदीपले ‘प्रेमगीतको’ प्रदर्शन पछि पछाडी फर्केर हेर्नुपरेको छैन।

यो पनि पढ्नुहोस्: प्रदिप खड्काकी नया हिरोईन रेनुनाथ योगी

फिल्म ‘प्रेमगीत’ व्यापारिक रुपमा असफल रहेपनि दर्शक र समीक्षकले फिल्मको कथावस्तु, प्रस्तुती र प्रदीपको अभिनयको मुक्तकण्ठले प्रशंसा गरे । यहि फिल्मले उनको भाग्य नै बदलिदियो। आज उनी नेपाली फिल्मका निकै लोकप्रिय र महंगा अभिनेता हुन्।

‘प्रेमगीत’ पछि यसकै दोस्रो सिरिजमा काम गरेका उनले ‘लिलिबिली, रोज, लभ स्टेशन’ फिल्ममा पनि अभिनय गरिसकेका छन् । यस्तै प्रेमगीतको तेश्रो सिरिज ‘प्रेमगीत ३’ प्रदर्शनका पखाईमा छ। उनले चलचित्र ‘हुतुतु’ ‘प्रकाश’ र हेमराज विसीको अनटाईटल प्रोजेक्टमा पनि साईन गरेर बसेका छन्। नायक प्रदीप खड्कालाई रिल माण्डुको तर्फ़ बाट पनि जन्मदिनको अनगिन्ति शुभकामान !!

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !