चलचित्र ‘गणपति’को छायांकन सकियो

सविन अधिकारीको निर्देशन रहेको चलचित्र ‘गणपति’को छायांकन सकिएको छ । माघ ८ गतेदेखि बन्दिपुर बाट सुरु भएको छायांकन करिब डेढ महिनामा सकिएको हो। अहिले धमाधम पोष्ट प्रोडक्शनको काम भैरहेको छ।

चलचित्र ‘गणपति’को छायांकन सकिएको छ । बाट यो चलचित्रको छायांकन मा सुरु भएको थियो । निर्माणपक्षले डेढ महिनामा चलचित्रको छायांकन सकेको हो । चलचित्रको छायांकन सकेर यसको निर्माण टिम पोष्ट प्रोडक्शनमा व्यस्त छ ।

लक्ष्मण थापा, विज्ञान केसी, अरविन्द्र गिरीको लगानीमा बनेको चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारीले नै लेखेका हुन् भने हरिबहादुर घलेको छायांकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ । चलचित्रमा नायक मुकुन भुषाल, नायिका मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, राजाराम पौडेल, पुष्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !