महानायक राजेश हमाललाई लिएर फिल्म बनाउने तयारीमा नायक धिरेन शाक्या

कुनै समयका चर्चित नायक धिरेन शाक्यले चलचित्र निर्माण गर्ने तयारी गरेका छन्। उनि संगैका सहकर्मी करिश्मा मानन्धर, भुवन केसी, निखिल उप्रेती, विराज भट्ट, शिव श्रेष्ठ, आर्यन सिग्देल लगायतका कलाकारले फिल्म निर्माणमा हात हालिसकेका छन्। तर केहि मात्र सफल भएका छन्। यस्तै नायक धिरेन शाक्यले पुराना चल्तीका कलाकारहरुलाई लिएर फिल्म बनाउने तयारी गरिरहेका छन्।

कोरोना अगाडिनै एकल लगानीमा फिल्म निर्माण गर्ने तयारीमा जुटेका नायक धिरेन शाक्यले केहि स्क्रिप्ट राइटरसंग बसेर छलफल पनि गरेका थिए तर कोरोना लकडाउनले गर्दा तेसै हराएर गयो। अब भने चर्चित कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीसँग मिलेर फिल्म बनाउने भएका छन्।

चलचित्रमा राजेश हमाल, शिव श्रेष्ठ र स्वयं धिरेनको अभिनय देख्न सकिने बुझिएको छ। पुराना कलाकारलाई दर्शकहरुले एकसाथ हेर्न चाहेका कारण आफूहरुले पहल गरिरहेको नायक धिरेंको भनाई छ। कोरोनाको कारण अस्तब्यस्त भएको फिल्मी बाजार नर्मल अवस्थामा फ़र्किएपचि फिल्मको काम अगाडी बढाउने उनको योजना रहेको छ।

नायक धिरेन शाक्यले एक अन्तर्वार्तामा राजेश हमाललाई ‘चिन्दिनँ’ भनेपछि उनी दर्शकको आँखाको तारो बनेका थिए जसकारण महानायक हमालसंग उनको सम्बन्ध बिग्रिएको भनेर बजारमा निकै हल्ला छ तर नायक शाक्यका अनुसार हमालसंगको सम्बन्ध नबिग्रिएको र राम्रो कथा बनाएर महानायक हमालसंग प्रस्ताब राख्दा स्विकार्ने विस्वास रहेको बताए। राजेश र धिरेनले ‘सिमाना’, ‘भिष्मप्रतिज्ञा’ जस्ता सफल चलचित्रमा एकसाथ काम गरिसकेका छन्।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !