नेपाल आइन नायिका निरुता सिंह

फागुन २९ गते शनिवारको दिन काठमाडौंस्थित पाँचतारे होटल सोल्टीमा हुने ‘दशौं नेफ्टा फिल्म अवार्ड’ मा सहभागी हुन नायिका निरुता सिंह बुधबार नेपाल आएकी छिन् । उनलाई त्रिभुवन विमानस्थलमा प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, पुर्व अध्यक्ष मनोज केसी, वरिष्ठ नृत्य निर्देशक कमल राई लागायतले स्वागत गरेका हुन्।

भारतको मुम्बईमा बस्दै आएकी निरुता चलचित्र प्राविधिकहरुले आयोजना गर्न लागेको नेफ्टा अवार्डमा सहभागीता जनाउन नेपाल आएकी हुन् भने पछिल्लो पटक विरगञ्जमा आयोजित स्वर्णिम फिल्म महोत्सवमा सहभागी भएकी थिइन्।

यो पनि पढ्नुहोस: नेफ्टा अवार्ड १०औं संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

यस्तै अभिनेत्री विपना थापा पनि यसै साता नेपाल आएकी छिन् । उनि पनि मिलेसम्म नेफ्टा अवार्डमा सहभागी हुने सोचमा छिन। चलचित्र निर्माता संघले दशौं नेफ्टा अवार्डमा सहभागी हुन सदस्यहरुलाई आव्हन गर्दै विज्ञप्ती नै जारी गरेको छ ।

नेपालका चर्चित कलाकारहरुको उपस्थितिमा हुन गैरहेको अवार्डमा वि.सं २०७५ सालमा प्रदर्शन भएका फिल्महरुबिच प्रतिस्पर्धा हुनेछ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !