काठमाडौंको चिसो भुइमा सुतेको पलहरु छन् : लोक गायक खुमन अधिकारी

लोकदोहोरी क्षेत्रमा खुमन अधिकारी चर्चित र लोकप्रिय नाम हो । खुमनलाई नचिन्ने र उनका गीत नसुन्ने सायदै होलान् । खुमनलाई गायकमात्रै नभएर संगीतकार र मोडेलको रुपमापनि हेर्न सकिन्छ ।

स्याङजा कालिगण्डकीका खुमनले गायका ‘जोर शंख फुकेर’, ‘मनको देउतैले’, ‘बिन्ती मेरो कोटी कोटीमा’, ‘रुमाल चिनो लैजाउ बैनालाई’, ‘एउटै डोरी पासो लगाम भो’, ‘सिलाइ दिउला भोटो’, ‘कपाल कोर्ने काइँयो’, ‘स्याङ्जालीलाई नभन जाली’, लगायतका थुप्रै गीत चर्चित छन् ।

०६२ सालमा अध्ययनको शिलशिलामा काठमाडौं आएका खुमन यहाँ(काठमाडौं) बस्न नसकेर गाउँमै फर्केर घर गए । फर्किसकेपछि बाआमाले फेरि काठमाडौंमै गएर पढ्नुपर्छ र गीतसंगीतमा राम्रो गर्नपर्छ भनेर भनेपछि फेरि खुमन काठमाडौं छिरे ।

खुमन भन्छन्, ‘गाउँमा सबैले तेरो स्वर राम्रो छ गीत गाउँनुपर्छ भनेर भन्ने गर्थे ।’ सानैदेखि गीतसंगीतमा रहर र झुकाव राख्ने खुमन स्कुल, गाँउघर र मेलापातमा गीत गाउथे र साथीहरुले गायनको बयान गर्दा उनलाई खुबै खुशी लाग्थ्यो ।

भविष्यमा ठुलो र चर्चित गायक बन्छु भन्ने सपना बोकेका खुमनको सपना पुरापनि भयो । उनि भन्छन्, मलाई भगवानले गीत गाएर खा भनेर पठाउनुभएको हो, पछि त स्वरलाई निखार्ने र हो तर स्वर त जन्मिदै ल्याउनु पर्छ जो मैले जन्मिदै स्वर लिएर आएकोले म गीतसंगीतमा बढि झुकाव राख्थे ।’ खुमन अहिले काठमाडौंको घट्टेकुलोमा श्रीमती र दुई छोरासँग बस्दै आएका छन् ।

उनै खुमनसँग गरिएको कुराकानी यसप्रकार छः

१. के मा व्यस्त हुनुहुन्छ ?

कार्यक्रमहरु गरिरहेको छु, नयाँ गीतहरूको रेकर्ड, सुटिङ यीनै काममा व्यस्त छु ।

२. विस्तारै मेलामहोत्सव सुचारु भइरहेका छन् कार्यक्रमहरु कत्तिको पाउनुभएको छ ?

एकदम पाइरहेको छु, लगातार गरिरहेको छु आज पनि कार्यक्रमै जाँदै छु ।

३. कतिवटा गीतमा स्वर भर्नुभयो ?

नौ हजारको हाराहारीमा गीत गाएको छु ।

४. शब्द र संगीतपनि राम्रो गर्नुहुन्छ नी हजुर कसरी समय मिलाउनुभएको छ ?

म फुर्सदको समय भएसम्म आफैंले शब्द लेख्छु, हैन म व्यस्त छु भने अरुलाई दिन्छु र संगीत धेरैमा गरेको छु शब्द अलि कम छन् ।

५. पहिलो गीत कति सालमा र कुन आएको थियो ?

०६३ सालमा ‘ईश्वरपनि देब्रे परेछन्’ बोलको गीत बजारमा आएको थियो ।

६. धेरै कलाकारले तपाइलाई प्रेरणाको स्रोत, साथ दिएको भनेर भन्नुहुन्छ ।  तपाइलाई भने कस्ले साथ दिनुभयो ?

मलाई साथ र सहयोग गर्ने कोहि नभएकोले नै म अहिले नयाँ र साथ माग्ने कलाकारलाई सहयोग गर्छु । किनभने म सँग काठमाडौंमा भुइमा ओढ्ने–ओछ्याउने बिनै चिसोमा सुतेको पलहरु छन् । कसैको साथबिना यो क्षेत्रमा आएकोले दुःख संघर्ष धेरै गर्नप¥यो । आफ्नो दुःख सम्झेर कोहि म सँग सहयोग र साथ माग्न आउनुहुन्छ भने म सधैं तयार छु र हुन्छु पनि ।

७. जिन्दगीलाई कसरी बुझ्नुभएको छ ?

जिन्दगी संघर्षको पाटो हो ।

८. आर्थिक हिसावले कत्तिको सन्तुष्टि हुनुहुन्छ ?

५० प्रतिशत सफल छु अझैं ५० प्रतिशन सफल हुन बाँकी छ । हाहाहा….

९. गीत संगीतबाहेक के कुरामा बढि रुचि छ ?

मलाई घुम्न असाध्यै मन पर्छ र मेरो पेशाले घुमाइरहेकोपनि छ । पत्रपत्रिका पढ्छु । र म सामाजिक सञ्जालमा बढि संक्रिय छु युट्युव हेर्छु । यीनै कुरा बढि मन पर्छ । 

१० कतिवटा देशमा घुम्नुभएको छ ?

गीतसंगीतकै क्रममा १८ वटा देशमा घुमेको छु ।

११. लकडाउनको समय कसरी बिताउनुभयो ?

घर-पविारसँग समय बिताउने मौका मिलेजस्तै भएर केहि समय आनन्द लाग्यो पछि विस्तारै अलि तनाव भयो कहिलेसम्म लम्बिने हो? भन्ने लागेर तर, धेरै साथीहरु गाउँमा जानुभयो म गइनँ । यहि बसेर गीत गरे, लकडाउनको समयमा समस्यामा परेका साथीहरुलाई सकेजति सकयोगपनि गरियो यसरीनै बिताए ।

लकडाउनको अवधिमा कतिवटा गीत गर्नुभयो ?

१० वटा गीतमा स्वर दिए ।

१२. अन्तिममा केही भन्न चाहनुहुन्छ ?

म आज जे छु यो सबै दर्शक श्रोताको माया हो । दर्शक श्रोता मेरा भगवान हुनुहुन्छ । हजुरहरुले दिएको माया र आशिर्वाद सधैं पाइराखु ।
मेरा भगवानरुपी दर्शक श्रोताप्रति सधै आभारी छु, तपाइहरुलाई सधै म मिठा र राम्रँ गीत पस्कने प्रयारसरत छु र रहिरहने छु । धन्यवाद ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !