‘लप्पन छप्पन २’को ट्रेलर: साउथ फ्लेबरमा एक्सनले भरिपूर्ण (ट्रेलर सहित)

चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले दक्षिण भारतीय फिल्मको फ्लेभर दिने एक्सनले भरिपुर्ण ट्रेलर सार्बजनिक गरेको हो। खिलेन्द्रराज तिम्सिना प्रस्तुतकर्ता रहेको यो चलचित्र एपी एजुकेशन अष्ट्रेलियाको सहकार्यमा गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा निर्माण भएको हो।

चलचित्रको ट्रेलर हेर्दा दक्षिण भारतीय फिल्मको ट्रेलर हेरे जस्तो अनुभब पनि हुन्छ। ट्रेलरमा पोइसा र पावरलाई स्थान दिएको छ। यो ट्रेलर हेर्दा दर्शकले फरक स्वाद पाउने छन्। दुई मिनट पैतालिस सेकेण्ड लामो ट्रेलर एक्सनमय बनेको छ।

३ करोड बढी लगानीमा निर्माण भएको चलचित्रलाई यूरोपका ४ देश, अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको छ। चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, मिलन श्रेष्ठको सम्पादन, र प्रकाश कुँवर, चिजकुमार श्रेष्ठ, निर्मल कुमार मिश्र, सुदिप चन्द्र बख्रेल, सन्तोष चन्द्र बख्रेलको लगानी रहेको छ। चलचित्र चैत्र २७ गतेबाट देशभर प्रदर्शन हुनेछ।

मुकुन्द भट्टको निर्देशन रहेको चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !