मनकामनामा चलचित्र ‘प्रकाश’को शुभमुहुर्त, जुम्लाबाट छायांकन सुरु

नायक प्रदिप खड्का र नव नायिका रेनु नाथ योगीको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’को शुभमुहुर्त मनकामना मन्दिर पुगेर गरिएको छ। फिल्मको शुभमुहुर्त गरीएसंगै निर्माण टिम छायांकनका लागि जुम्ला गएको छ। फिल्मलाई निर्देशक दिनेश राउतले निर्देशन गर्दैछन।

यो पनि पढ्नुहोस: प्रदिप खड्काकी नया हिरोईन रेनुनाथ योगी

महेन्द्र अधिकारीको लगानी रहेको चलचित्र बिनिष इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो। शुभमुहुर्त कार्यक्रममा निर्देशक दिनेश राउत, नायक प्रदिप खड्का, नायिका रेनु योगी, कलाकार दिया मास्के लगायतको उपस्थिति थियो। यो फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्।

यस फिल्ममा प्रदिप र रेनुको अलावा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहने छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !