चलचित्र ‘कालो पोथी’को सहयोगार्थ च्यारिटी शो सम्पन्न, ५ लाख ५८ हजार रकम संकलन

बिहिबार काठमाण्डौको सिभिल मलमा रहेको क्यूएफएक्स हलमा चलचित्र ‘कालो पोथी’को च्यारेटी सम्पन्न भयो। दुर्घटनामा परेर घाइते भएका रंग पत्रकार बाबु सुरेश डिसीको उपचार सहयोगका लागि गरिएको च्यारिटी बाट५ लाख ५८ हजार रकम संकलन भएको चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष दिनेश सिटौलाले जानकारी दिए ।

च्यारेटीबाट उठेको रकम रंग पत्रकार बाबु सुरेशको परिवारलाई चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले हस्तान्तरण गरेका हुन्।चलचित्र पत्रकार संघ, नेपालले उक्त सहयोगार्थ च्यारिटी शोको आयोजना गरेको हो।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !