ट्रेण्डिङ्गमा फिल्म ‘मारुनी’, चलचित्र क्षेत्रमै नयाँ स्वाद: दर्शकको प्रतिक्रिया

नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘मारुनी’ युटुब मार्फत सार्वजनिक गरिएको छ । चलचित्रलाई बुढासुब्बा डिजिटलले शनिबार दिउसो २ बजे युटुबमा सार्वजनिक गरेको हो ।

गतबर्षको भदौमा रिलिज भएको चलचित्रले दर्शक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो यस्तै युटुब्मा सार्वजनिक भएपछी यो समाचार तयार गर्दा सम्म चलचित्रलाई साढे तिनलाख बढी दर्शकले हेरिसकेका छन् भने बाह्र सय बढी दर्शकहरुले प्रतिक्रिया दिएका छन्। चलचित्र अहिले य़ुटूब ट्रेण्डिङ्ग नम्बर १ मा रहेको छ।

चलचित्रलाई युटुबमा दर्शकहरुले नेपाली चलचित्र क्षेत्रमै नयाँ स्वादको चलचित्र भनेर उत्कृष्ट प्रतिक्रिया दिएका छन्। नम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन्।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !