दिलिप र लक्ष्मीको ‘झ्याम्मै छहारी’

गायिका मिलन नेवारको स्वरमा समावेश ‘झ्याम्मै छहारी’ गीतको भिडियो य़ुटुब मार्फत सार्वजनिक गरिएको छ । गीतमा कमला कोईको शब्द, दिलिप कोईको संगीत, एक्रज्शेम राईको मिक्सिंग र संदेश रुचालको एरेन्ज रहेको छ।

किरण चामलिंग राईले निर्देशन गरेको भिडियोमा दिलिप कोई र लक्ष्मी बर्देवाको अभिनय देख्न सकिन्छ। भिडियोमा भुपेन्द्र तुम्बाहान्ग्फेको डि ओ पी र अनिल रानाको सम्पादन रहेको छ । भिडियोमा ह्यंग चेम्जोंगले ड्रोन उडाएका हुन्।

सार्वजनिक गीतको भिडियोमा मुग्लान भासिएर नफ़र्किएका आफ्नो श्रीमानको यादमा तड्पिएर एक्लो जीवन बितारहेकी एक महिलाको कथालाई निकै मार्मिक तरिकाले प्रस्तुत गर्न खोजिएको छ।

भिडियो हेर्नुहोस

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !