१०औं नेफ्टा अवार्ड: बिपिन कार्की र मेनुका प्रधान उत्कृष्ट नायक-नायिका

शनिवार काठमाडौंस्थित पाँचतारे होटल सोल्टीमा चलचित्र प्राविधिक संघले आयोजना गरेको नेफ्टा अवार्डको १०औं संस्करण भव्यताका साथ सम्पन्न भयो। उक्त अवार्ड कार्यक्रममा चलचित्र ‘छक्का पञ्जा ३ र प्रसाद’ ले महत्त्वपूर्ण ६/६ विधामा अवार्ड हात पार्न सफल भए । यस्तै चलचित्र ‘प्रसाद’ बाट विपिन कार्कीले उत्कृष्ट नायक र ‘साइँली’ बाट मेनुका प्रधानले उत्कृष्ट नायिकाको अवार्ड हात पर्न सफल भए।

कोरोनाले धरासायी बनेको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउने विश्वासले उपराष्ट्रपति नन्दबहादुर पनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अवार्ड कार्यक्रममा २०७५ सालमा प्रदर्शन भएका चलचित्रहरुलाई अवार्ड प्रदान गरिएको हो ।

यस्तो छ अवार्ड जितेको सूची :-

मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)

कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)

कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)

ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियो)

ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियो)

गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)

संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)

एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)

गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)

गायिका : समिक्षा अधिकारी (नाइँ नभन्नू ल ३)

कथा : छक्का पञ्जा ३

पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)

संवाद : सुशिल पौडेल (प्रसाद)

ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)

भीएफएक्स : रोमियो एन्ड मुना

रङ संयोजन : अर्जुन कार्की (हरी)

आदिवासी जनजाति : प्राङ्गना (तामाङ फिल्म)

सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)

सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियो)

अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाण्डू्)

अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)

द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)

नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३)

डेब्यु अभिनेत्री (महिला) : सुहाना थापा (ए मेरो हजुर ३)

डेब्यु अभिनेता (पुरुष) : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)

डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)

सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)

छायांकार : चिन्तनराज भण्डारी (हरी)

पपुलर अभिनेत्री : साम्राज्ञी शाह

पपुलर अभिनेता : अनमोल केसी

पपुलर फिल्म : छक्का पञ्जा ३

जुरी अवार्ड फिल्म : हरि

अभिनेता : बिपिन कार्की (प्रसाद)

अभिनेत्री : मेनुका प्रधान (साइँली)

निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३)

फिल्म : छक्का पञ्जा ३

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !