जन्मदिनको अवसर पारेर कलाकार शिशिर भण्डारीले सार्वजनिक गरे ‘फोटो फिरिममा २’ को प्रदर्शन मिति

कलाकार शिशिर भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर दर्शकले अत्याधिक मन पराएको गीत ‘फोटो फिरिममा’ को सिक्वेल ‘फोटो फिरिममा २’ को प्रदर्शन मिति सार्वजनिक गरेका छन्। उनले आफ्नो आधिकारिक फेसबुक मार्फत एउटा सानो ट्रेलर क्लिप सेयर गर्दै ‘फोटो फिरिममा २’ लाई २०७८ साल बैशाख २ गते रिलिज गर्ने जानकारी दिएका हुन्।

कलाकार शिशिर भण्डारीकै शब्द तथा संगीत रहेको ‘फोटो फिरिमा’ बोलको गीतमा मेल भर्सनमा प्रताप दासको आवाज रहेको थियो भने फिमेल भर्सनमा रचना रिमालको आवाज रहेको थियो। यस्तै सार्वजनिक गीतको ट्रेलर अनुसार ‘फोटो फिरिमा २’ लाई नया नया न्युज नेपाल नामक युटुब च्यानल मार्फत रिलिज गरिने छ।

सांगीतिक जगतमा दर्शकहरुले अत्याधिक मन पराएको गीत ‘फोटो फिरिममा’ को सिक्वेल कहिले आउछ भनेर दर्शकहरु पर्खाईमा थिए तर अब दर्शको कौतुहलता मेटिएको छ। ‘फोटो फिरिममा’ को भिडियोमा माया, विश्वास र घातको एउटा कथालाई निकै मार्मिक तरिकाले प्रस्तुत गरिएको थियो र त्यस कथाको अन्य भने भएको थिएन र दर्शकहरुलाई भने यो कथाको अन्त्य कसरी हुन्छ भन्ने जिज्ञाशा थियो र अहिले पनि छ। दर्शकहरुमा रहेको यो जिज्ञाशा भने ‘फोटो फिरिममा २’ ले मेट्ने छ।

रिल माण्डुको तर्फबाट बहुप्रतिभाका धनि कलाकार शिशिर भण्डारीलाई जन्मदिनको अनगिन्ति शुभकामना छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !