नायिका केकी अधिकारीको नया अवतार (भिडियो सहित)

नायिका केकी अधिकारीले आफ्नो आधिकारिक इन्स्टाग्राम स्टोरिज मार्फत आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी छिन। उनले कपाल खौरिएर तालु बनाउनुको कारण भने खुलाएकि छैनन् तर उनि कपाल खौरेर आफुलाई भिन्न महसुस गरेको भावनालाई भने खुसी साथ् स्वीकार्दै इन्स्टाग्राम स्टोरिजको एउटा पोस्टमा ‘Change is beautiful, Bald is beautiful’ भनेर लेखेकी छिन। यस्तै अर्को पोस्टमा ‘Hey life bring it on’ भनेर लेखेकी छिन।

उनि कपाल खौरिएर निकै खुसि देखिएकी छिन। उनको यो लूक्सको भिडियो नायिका रिमा विश्वकर्माले पनि आफ्नो आधिकारिक इन्स्टाग्रामको स्टोरिजमा सेयर गरेकी छिन ।

नायिका केकी अधिकारि यतिबेला फिल्म ‘बोक्सीको घर’को छायांकनमा ब्यस्त छिन। २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा केकीले फिल्म निर्माण गरेकी हुन्। उनले यहि फिल्मको लागि फरक देखिन कपाल खौरेर तालु बनाएकी हुन् कि भनेर अनुमान गर्न सकिन्छ। उनि फिल्म ‘बोक्सीको घर’ कि मुख्य अभिनेत्री हुन्।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !