२० बर्ष पछि नारायणहिटी संग्रहालय भित्रको सिनेमा हल अब सर्वसाधारणका लागि खुल्ला गरिदै

२० वर्ष देखि बन्द रहेको नारायणहिटी संग्रहालय भित्रको सिनेमा हल अब सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । उक्त सिनेमा हलमा सर्वसाधारणले फिल्म तथा डकुमेन्ट्रीहरु हेर्न पाउनेछन् । २०५८ सालमा राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्यापछि बन्द भएको हल अब भने सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको हो।

दरबार संग्रहालय घुम्नका लागि काटिने टिकटबाट नै फिल्म, डकुमेन्ट्री हेर्न मिल्ने बताइएको छ। ११६ सिट रहेको सिनेमा हलमा दुईवटा प्रोजेक्टर रहेका छन्। सिनेमा हल बन्द हुनु भन्दा अगाडी उक्त हलमा राजपरिवारका सदस्य र उनीहरुका आफन्तहरुले मात्र फिल्महरु हेर्ने गर्दथे

नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार हाल २०५८ साल देखि थन्किएर बसेका विभिन्न डकुमेन्ट्री र इभेन्टहरूका रिलहरु चल्ने अवस्थामा रहेको र त्यसलाई प्रोसेसिङ गर्ने काम भैरहेको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !