अभिनेत्री निरुता सिंह चलचित्र ‘दर्पण छायाँपछि’ को तयारीमा

अघिल्लो पुस्ताकी चर्चित अभिनेत्री निरुता सिंह चलचित्र ‘दर्पण छायाँ’ को सिक्वेल ‘दर्पण छायाँपछि’ मा काम गर्ने तयारीमा रहेकी छिन्। चलचित्र ‘दर्पण छायाँ’ उनको करिअरको ब्लकबस्टर फिल्म हो। अभिनेता उत्तम प्रधान र निरुता सिंहले निर्माण गर्ने फिल्म ‘दर्पण छायाँपछि’ को कथा उत्तमले नै लेखेका छन्।

चलचित्रमा निरुता सिंह र उत्तम प्रधानसंगै नायक दिलिप रायामझिको पनि मुख्य भूमिका रहने छ। चलचित्र ‘दर्पण छायाँ’मा पनि यी तिन कलाकारको नै मुख्य भूमिका रहेको थियो। अभिनेत्री निरुताका अनुसार कोरोना महामारीका कारण फिल्मको छायांकन सुरु हुन सकेको छैन। नेपाल-भारत बोडर खुल्न साथ् फिल्मको छायांकन सुरु हुनेछ। जहाँ चलचित्र ‘दर्पण छायाँ’ सकिएको थियो कथा त्यहि बाट सुर हुनेछ।

दुई बर्ष अगाडी निर्देशक तुल्सी घिमिरेको लेखन तथा निर्देशनमा चलचित्र ‘दर्पण छायाँ’को सिक्वेल्को रुपमा ‘दर्पण छायाँ २’ प्रदर्शन भैसकेको छ। फिल्ममा नायक पुष्प खड्का, श्रद्धा प्रसाई,सहारा कार्की लगायत कलाकारको मुख्य भूमिका रहेको छ।

चलचित्र ‘नाईं नभन्नू ल ५’ बाट १२ बर्ष पछि नेपाली फिल्म क्षेत्रमा फर्किएकी निरुताले चलचित्र ‘दाल भात तरकारी’मा पनि अभिनय गरिन। त्यसपछि भने करिब २ बर्ष देखि कुनै पनि फिल्ममा काम गरेकी छैनन्। मुम्बईमा बस्दै आएकी निरुता शनिबार सम्पन्न भएको नेफ्टा अवार्डका लागि नेपाल आएकी हुन्।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !