‘महापुरुष’ हेर्न हलमा पुगिन् ९१ वर्षीया वृद्धा, आजसम्म कति कमायो ?

काठमाडौं ।

फिल्म ‘महापुरुष’ हेर्न सिनेमा हलमा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ । वृद्ध उमेरका दर्शकले पनि फिल्मलाई रुचाएका छन् ।

आइतबार काठमाडौंको एक हलमा यस्तै दृश्य देखियो । ९१ वर्षीया वृद्धा भीममाया ओझा लौरो टेकेरै फिल्म हेर्न हलमा पुगिन् । गोंगबु बसपार्कस्थित आईएनआई हलमा फिल्म हेर्न उनी छोरीसहित गएकी थिइन् । स्थायी घर बागलुङ भएकी उनी पनातिको पास्नीका लागि काठमाडौं आएकी हुन् ।

महजोडीको पारिवारिक कथावस्तुमा फिल्म बनेकाले आमालाई फिल्म देखाउन ल्याएको उनकी छोरीले बताइन् । उनीहरुले अपरान्ह साढे २ बजेको शोमा फिल्म हेरे । यस्तै भक्तपुरको दुवाकोटका एकै परिवारका २८ जनाले शनिबार महापुरुष हेरेको थियो ।

दुई दिनमा कति कमायो चलचित्र महापुरुषले साथै चलचत्र ‘के घर के डेराले कति कमायो ?’ तलको भिडियोमा हेर्नुहोस

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार