चलचित्र ‘ए साथी सुन’ को आज देखि छायाङ्कन सुरु

राम राघव आचार्यको निर्देशन रहेको चलचित्र ‘ए साथी सुन’ को आज देखि हेटौँडा बाट छायाङ्कन सुरु भएको छ। रमेश बानिया र बर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र सस्पेन्स थ्रिलर कथामा आधारित छ। केहि दिन अगाडी चलचित्रको नाम ‘कालिपुरुष’ राखीए पनि अहिले परिवर्तन गरिएको हो।

चलचित्र ‘ए साथी सुन’को कथावस्तु मनपरेपछि नायिका बर्षाले चलचित्र ‘सुदूर’ छाडेर यस टिमसंग जोडिएकी हुन् l चलचित्रमा विना कार्कीको लगानी रहेको छ। नायिका बर्षाले छायांकन स्थलबाट आफ्नो आधिकारिक फेसबुक मार्फत तस्बिर सेयर गरेकी छिन।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !