बिदेशीने युवाको मार्मिक कथामा ‘लालुमै कसरी बाँचुला’ सार्वजनिक

रंगकर्मी प्रवीण खतिवडाले निर्देशन गरेको म्युजिक भिडियो ‘लालुमै कसरी बाँचुला’ युटूब मार्फत सार्बजनिक गरिएको छ। सुरज महर्जनको कन्सेप्टमा तयार पारिएको भिडियोमा प्रमीला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा विजय बराल, घनश्याम जोशी ,मौसम खड्का ,राज न्यौपाने, उत्तम राज पाण्डे, शक्ति राई, उमेश तामाङ, रञ्जना ओली र सुरज तमु लगायतको अभिनय रहेको छ ।

नवीन बाबु गुरुङ र सुशील तामाङले संयुक्त रूपमा छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन र कलरिङ् गरेका हुन् । भिडियो निकै मार्मिक बनेको छ। भिडियोमा नेपाली समाजमा हामीले देखिरहेको एउटा कथालाई प्रस्तुत गरिएको छ। स्वदेशमै घर, संसार र सम्भावना हुँदाहुदै ठुला सपनाहरु साकार पार्न विदेशिने आम युवाहरुकाे, घर, परिवार र देश प्रतीको प्रेमलाई भिडियोमा समेटिएको छ।

ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुति रहेको गीतमा आवाज ,शब्द रचना र लय सिर्जना मनोवादको रहेको छ। कुटुम्ब ब्याण्डका रुबिन श्रेष्ठले एरेन्ज गरेको गीतमा कुटुम्ब कै राजु महर्जनले बाजा भरेका छन्।

भिडियो हेर्नुहोस :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !