चलचित्र ‘बाबरी’मा भित्रीए धिरज, बाहिरीए नितेशजंग

चलचित्र ‘बाबरी’मा नायक धिरज मगर अनुबन्धित भएका छन्। बाबरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा नितेशजंग कुँवरको मुख्य भूमिका रहने भनिए पनि नितेशले पारिवारिक कारणले गर्दा यो चलचित्रमा काम गर्न नपाउने भएपछी अहिलेका हट केक नायक धिरज मगरलाई अनुबन्धित गरिएको हो। उनको अपोजिटमा नायिका अदिती बुढाथोकी रहेकी छिन।

धिरजले केही दिन अगाडि मात्र यो चलचित्र साइन गरेर चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकनका लागि धरान गएका छन्। धिरजको यो तेश्रो चलचित्र हो भने अदितीको यो दोश्रो चलचित्र हो। चलचित्रमा नायिका नृत्ती नाडकरका छोरा धिरज टोटलानीले पनि काम गर्ने पक्का भएको छ।

चलचित्र ‘आभाष र कृ’ निर्देशन गरिसकेका निर्देशक सुरेन्द्र पौडेलले यस चलचित्रलाई निर्देशन गर्दै छन्। माया प्रेमको कथामा आधारित रहने चलचित्रको छायांकन चैत्रको २० गतेबाट सुरु हुँदैछ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !