२ बर्ष पछि सकियो चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन

२ बर्ष अगाडी देखि छायांकन सुरु गरिएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन सकिएको छ। दुबईमा चलचित्रको केही दृश्य र गीत खिचेपछि छायांकन सकिएको हो।

सुदर्शन थापाको निर्देशन रहेको चलचित्रमा अभिनेत्री पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन मुख्य भूमिका रहेको छ। चलचित्रमा अमित बस्नेतको लगानी रहेको छ। यस्तै परी राना र अजित कुमार थापा सह–निर्माता र सनिष खकुरेल कार्यकारी निर्माता हुन्। सौरभ लामाको छायांकन रहेको ‘चलचित्रको कथा महेश दवाडीले लेखेका हुन्।

भदौको १८ देखि प्रदर्शनमा आउन लागको चलचित्रमा पूजा,आकाश र सोनमको अलावा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको पनि मुख्य भूमिका रहेको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !