अभिनेता अर्पण थापाको तेश्रो हरर चलचित्र ‘भूत घर’

अभिनेता अर्पण थापाले निर्देशन गरेको तेश्रो हरर चलचित्र ‘भूत घर’ को अहिले धमाधम पोस्ट प्रोडक्सनको काम भैरहेको छ। लकडाउनको समयमा नै छायांकन सकिएको चलचित्रमा अभिनेता अर्पण थापा र सिर्जना रेग्मीको मुख्य भूमिका रहेको छ। चलचित्रमा आलोक शुक्लाको छायांकन, मिलन श्रेष्ठको सम्पादन र हरि तामाङको निर्माण रहेको छ।

जिजिए ग्रुपले वितरण गर्ने चलचित्रको प्रदर्शन मिति घोषणा भने केहि दिनमा गरिने वितरक करण श्रेष्ठले बताए । अभिनयमा अब्बल मानिने अभिनेता अर्पण थापा केहि समय देखि हरर फिल्म निर्देशनमा लागिपरेका छन्।

उनले निर्देशन गरका हरर चलचित्र ‘सुनकेशरी र घर’ प्रदर्शन भैसकेका छन्। चलचित्र ‘सुनकेशरी’ मा भने हरर कम र कमेडी बढी भएका कारण अर्पणले आलोचना खेप्नु परेको थियो र फिल्म पनि फ्लप भएको थियो। तर, चलचित्र ‘घर’ ले भने औसत व्यापार गर्न सफल भएको थियो। अभिनेता अर्पण थापा यस ‘भूत घर’ बाट भने निकै आशावादी रहेका छन्।

नेपालमा निर्माण भएका अधिकांश हरर जनराका फिल्मको मेकिङ्ग कम्जोर हुन्छ। अब चलचित्र ‘भूत घर’ले दर्शक बाट कस्तो प्रतिक्रिया पाउला त्यो भने समय आएपछि था हुने नै छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !