चैत्र ८ गतेदेखि १४ गतेसम्म ‘बुद्ध थिएटर फेस्टिभल’ आयोजना हुने

चैत्र ८ गतेदेखि १४ गतेसम्म राष्ट्रिय नाचघरको नाट्यशालामा ‘बुद्ध थिएटर फेस्टिभल’ आयोजना हुने भएको छ। गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्वमाझ चिनाउने उद्देश्यले हुन लागेको फेस्टिभलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि ७ वटा नाटक मञ्चन हुनेछन् भने चर्या नृत्य समेत देखाइने छ।

वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक राष्ट्रिय नाचघर र डबली थियटरको आयोजनमा हुन लागेको फेस्टिभलमा मन्चन हुने सबै नाटकहरु बुद्धको जीवनशैली र दर्शनसँग कहिँ न कहिँ मिल्ने फेस्टिभलका निर्देशक पुस्कर गुरुङले जानकारी दिए।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !