चलचित्र ‘कृष्ण लीला’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

अभिनेता पुष्प खड्का र श्रद्धा क्षेत्रिको मुख्य भूमिका रहेको चलचित्र ‘कृष्ण लीला’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा पुष्प खड्कालाई सुस्त मनस्थिति भएको युवकको रुपमा देखाइएको छ। तीन मिनेट २५ सेकेण्डको ट्रेलरमा अभिनेता पुष्प खड्का (कृष्ण) र अभिनेत्री श्रद्धा क्षेत्री (लीला) बिचको प्रेम, रोमान्स, विछोड र रोदनलाई देखाइएको छ।

चलचित्रका दुईओटा गीत सार्वजनिक भैसकेका छन् भने दर्शकले दुवै गीतलाई निकै मन पराएका पनि छन्। यही चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका हुन्। रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्माताका रुपमा रहेका छन् ।

फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यस्तै फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !