चलचित्र ‘म त मर्छु कि क्या हो’ को पहिलो गीत ‘ओई मेरो परान’ सार्वजनिक (भिडियो)

हाँस्य कलाकार सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)को निर्माण रहेको चलचित्र ‘म त मर्छु कि क्या हो’ को पहिलो गीत ‘ओई मेरो परान’ युटुब मार्फत सार्वजनिक गरिएको छ। रचना रिमाल र भक्त प्रधानको आवाज रहेको गीतमा लोकराज अधिकारीको शब्द र राजेन्द्र बजगाईँको लय सिर्जना र संगीत संयोजन रहेको छ।

वेब सिरिजका रुपमा ‘म त मर्छु कि क्या हो’ निर्माण गरीए पनि यसको मेकिङ उत्कृष्ट भएपछि चलचित्र नै बनाएको निर्माण पक्षले बताएको छ। धुर्मुस र सुन्तलीको संयुक्त निर्देशन रहेको यस चलचित्रमा टेकेन्द्र शाहको सम्पादन र स्वेत्ना योञ्जनको कोरियोग्राफी रहेको छ। यस्तै चलचित्रमा रवि गिरी, विजय बराल, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !