चलचित्र क्षेत्रलाई प्रोत्सान गर्ने उधेश्यले ‘कान्तिपुर सिनेप्लेक्स’ टिभीको शुभारम्भ

बिशेष चलचित्र क्षेत्रलाई प्रोत्सान गर्ने उधेश्यले कान्तिपुर नेटवर्क अन्तर्गत ‘कान्तिपुर सिनेप्लेक्स’ टेलिभिजनको आज काठमाण्डौको याक एन्ड यती होटलमा एक कार्यक्रमको आयोजना गर्दै शुभारम्भ गरिएको छ। नेपाली चलचित्र क्षेत्रका कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा पत्रकारहरुको उपस्थितीमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले टेलिभिजनको शुभारम्भ गरेका हुन्।

यस टेलिभिजनमा नयाँ तथा पुराना नेपाली चलचित्र र चलचित्र सम्बन्धी कार्यक्रम प्रशारण हुनेछन् भने घरमै बसी–बसी नेपाली चलचित्र हेर्ने वातावरणको विकास गर्ने विश्वास गरिएको छ ।

टेलिभिजनको शुभारम्भ कार्यक्रममा हाँस्य कलाकार हरिवंश आचार्य, नायक राजेश हमाल, भूवन केसी, कृष्ण मल्ल, संगीतकार शम्भुजित बास्कोटा, कलाकार सुनिल थापा, दीपकराज गिरी, केदार घिमिरे, नायिका निरुता सिंह, गौरी मल्ल, पूजा शर्मा, रेजिना उप्रेती, निर्देशक दीपाश्री निरौला, शोभित बस्नेत, सुदर्शन थापा लगायतको उपस्थिति थियो।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !