छक्का पन्जा टिमको होलि गीत ‘धनिया के होलि’ सार्वजनिक (भिडियो)

छक्का पन्जा टिमले अभिनय गरेको दीपाश्री निरौलाको निर्देशनमा ‘धनिया के होलि’ गीतको भिडियो य़ुटुब मार्फत सार्वजनिक गरिएको छ। हरि हुमागाईंले खिचेको भिडियोमा दीपाश्री निरौला, दीपकराज गिरि, केदार प्रसाद घिमिरे (माग्ने बुढा), किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरि(भान्जा) लगायतको अभिनय रहेको छ।

छक्का पन्जा टिमले निर्माण गरेको भिडियोमा बिपिन मल्लको सम्पादन, कपिल पराजुलीको कलरिङ्ग, शिशिर खतिको कोरियोग्राफी रहेको छ। भिडियो धेरै राम्रो बनेको छ। यो स्थरको होलि गीतको भिडियो नेपालमा पहिलो पटक बनेको हो।

सुमित खड्का र दीपाश्री निरौलाको आवाजमा सजिएको गीत नेपाली र मैथिली भाषामा छ। गीतमा दीप नारायण राजबंशीको शब्द र निरज श्रेष्ठको संगीत रहेको छ। गीतले मैथिली भाषालाई प्रोत्सान गरेको भनेर तारिफ बटुलेको छ।

भिडियो :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !